काठमाडौं । भारतको पश्चिम बंगालको दार्जिलिङमा फेरि झडपका घटना बढेका छन् । आन्दोलनमा रहेकाहरुलाई प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार राति एक युवाको मृत्यु भएको विषयमा झडप बढेको हो । बिरामी भाइलाई औषधी किन्न गइरहेका बेला स्थानीय टासी भुटियालाई गोली हानिएपछि तनाव बढेको थियो । शनिबार भएका झडपमा अन्य दुई जनाको मृत्यु भएको बताइएको छ ।