मोरङका ९ तहमा कांग्रेस, ५ मा एमाले र ३ अन्य

<span class='c1'>मोरङका ९ तहमा कांग्रेस, ५</span> <span class='c2'>मा एमाले र ३ अन्य</span>

विराटनगर । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली कांग्रेस र पाँचमा नेकपा एमालेले जित हात पारेका छन् ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भए ।
आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा कांग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले जित हात पारेका छन् ।
सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा कांग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्