अाज दिउँसाे परेकाे चट्याङ लागेर एक युवतीको मृत्यु, २ घाईते

<span class='c1'>अाज दिउँसाे परेकाे चट्याङ लागेर</span> <span class='c2'>एक युवतीको मृत्यु, २ घाईते</span>

सप्तरी, असार २५ गते।
सप्तरीको बिष्णुपुर गाउँपलिका २ मा आईतबार दिउँसो चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
सोही गाउँपालिका बस्ने २६ बर्षिया पुन्तीदेवी यादवको चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
त्यस्तै घाईते हुनेमा राजेन्द्र प्रसाद यादब र निजको ६२ बर्षिय आमा गुजिया देवी यादव चट्याङ लागेर घाईते भएका छन्।
उनीहरुलाई दिउँसो १ बजे तिर खेतमा धानको बिउ उखाल्ने क्रममा अचानक चट्याङ खसेर लागेको थियो।
घट्नास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरी सकेको उक्त कार्यालयले जनाएको छ।
त्यस्तै सप्तरी डाक्नेश्वरी नगरपलिका ७ ब्रम्हपुरमा चट्याङ लागेर एक महिला घाईते भएकी छन्।
घाईते हुनेमा सोही नगरपालिका बस्ने अर्जुन चौधरीको ३५ बर्षिया श्रीमती आशा चौधरी रहेकी छन्।
उनलाई मध्यान्ह १२ बजेतिर खेतमा काम गर्ने क्रममा अचानक चट्याङ्ले लागेर घाईते भई उपचारकालागी अंचल अस्पताल सगरमाथा पठाईएको सप्तरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्