नेपाली युवाको कतारमा मृत्यु

नेपाली युवाको कतारमा मृत्यु

महेश्वर नेपाल ।
कतार, असार २५ - खोटाङको ऐसेलुखर्क गाँउपालीका २, बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो । साँझ ५ बजे फेरि काममा जानेसम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उहाँका सहकर्मी कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

१२ वर्ष पहिले देखि कतारमा कार्यरत सुनुवार कतारको श्रम कानुन परिवर्तन भएपछि ५ महिना पहिले कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थाल्नु भएको थियो ।

उहाँ सुनुवार सेवा समाज कतार शाखाको प्रथम उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

सर्बधनको शव हमाद अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पुर्‍याएर शव नेपाल पठाउने तयारी भैरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्