विराटनगर -१४ स्थित नयाँ आखा अस्पताल नजिकै सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्। विहान ६ बजेतिर विराटनगर-१७ बस्ने ५० बर्षिय मोहमद रफिकलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।