मोरङको विराटनगर-१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने २० बर्षिय सन्तोष कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम भारतबाट नेपालतर्फ आउँदै गर्दा विहान ८ बजे पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट डाईजेल्याप २० एम्पुल, लुपिजेसिक २० एम्पुल र एभिल २० एम्पुल बरामद गरेको छ।
पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।