स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या

<span class='c1'>स्थानीय तहको निर्वाचनबाट निर्वाचित</span> <span class='c2'>एक वडा सदस्यको हत्या</span>

रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।  हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।
बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।
थप अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको प्रहरी निरीक्षक रजालीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्