सात केजीको ट्युमर झिकिएकी शीलाको मृत्यु

<span class='c1'>सात केजीको ट्युमर</span> <span class='c2'>झिकिएकी शीलाको मृत्यु</span>

काठमाडौँ । कान्ति बाल अस्पतालमा गत मङ्गलबार पेटमा बढेको ट्युमर झिकिएकी १० वर्षीया बालिका शीला नेपालीको मृत्यु भएको छ ।
प्यूठान भेडाबारीकी आठ महिनाको उमेरदेखि पेटमा बढेको सात केजीको ट्युमर कान्ति बाल अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक प्रा डा आरपी चौधरीको समूहले शल्यक्रिया गरी झिकेको थियो ।
सर्जन चौधरीका अनुसार शल्यक्रियापछि बिरामीलाई भेन्टिलेटरमा उच्च निगरानीमा राखिएको भए पनि अभिभावकले चिकित्सकको अनुमतिबिना घर लैजाँदै गर्दा बिरामीको मृत्यु भएको हो ।

“अस्पतालमा भेन्टिलेटरमा राखी विशेष हेरचाह भइरहेको थियो, अतिसघन कक्षमा अन्य बच्चाको मृत्युले उहाँहरु आत्तिनुभयो जस्तो लाग्यो, हामीले धेरै सम्झाउने प्रयास गर्दा पनि उहाँहरुले मान्नु भएन, शुक्रबार नै बालिकाको मृत्यु भएछ, निकै दुःखद घटना भयो, अस्पतालमा भएको भए यो अवस्था आउने थिएन,” उनले बताए ।
शीलालाई पेटमा पछाडिबाट पलाएको ट्युमर (चिकित्सकीय भाषामा रिट्रोपेरिटोनियल टेराटोमा) भएको थियो ।
“पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १०० मा दुई जनामा मात्र देखिन्छ, २५ केजी तौल भएकी उनको पेटमा सात केजीको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो”– सर्जन चौधरीले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्