साउन १ गतेदेखि नगद कारोबारमा कडाइ हुने , १० लाखदेखि चेकमार्फत कारोबार गर्नुपर्ने

<span class='c1'>साउन १ गतेदेखि नगद कारोबारमा कडाइ हुने</span> <span class='c2'>, १० लाखदेखि चेकमार्फत कारोबार गर्नुपर्ने</span>

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु हुने गरी नगद कारोबारमा कडाइ गर्ने भएको छ ।

आउँदो आइतबारदेखि १० लाख रुपैयाँदेखि नगद कारोबार गर्न बन्देज लाग्ने भएको छ । १० लाखदेखि माथिको सबै कारोबार बैंकको चेकमार्फत मात्र लेनदेन हुनेछ । व्यक्ति, फर्म, कम्पनी वा संस्था कुनै पनि निकायले १० लाख वा सोभन्दा बढी रकमको कारोबार गर्दा चेक मार्फत गर्नुपर्ने सम्पत्ति    शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐनअनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न, वित्तीय संस्थाबीचमा नगद कारोबार गर्न, कुनै निक्षेपकर्ता वा बचतकर्ताले खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिव देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन सकिने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्