संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक

संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक

काठमाडौं । संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न आफूहरु सकारात्मक रहेको बताएका हुन् ।

मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा भएको भेटमा उनले एमाले अध्यक्ष ओलीसँग सिमांकनबाहेकका विषयलाई मात्रै समेटिएर ल्याएको संविधान संशोधन प्रस्ताव मान्नैपर्ने नैतिक बन्धनमा आफूहरु रहेको पनि स्मरण गराए । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिमांकन बाहेकका विषयलाई समेटिएर ल्याइए संविधान संशोधन प्रस्ताव मान्य हुने अडान राख्दै आएको थियो ।

यता, एमाले अध्यक्ष ओलीले भने सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्तावको पक्षमा उभिन आफूहरुलाई नैतिक बाध्यता रहेको कुरा ओलीसँग राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जानकारी दिए । उनले संविधान संशोधनको विषयमा एमाले र आफ्नो पार्टीबीच भिन्न मत रहेको पनि स्पष्ट पारे ।

एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्ने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरिएको बताए । उनले सबै तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित हुने गरी छलफल गरिएको पनि स्पष्ट पारे । सरकारले यही हप्ता भित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी गरिरहेको छ । तर, संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको दावी गर्दै एमालेले पारित हुन नदिने अडान लिँदै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्