सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च वहाव मापन गरिएको छ ।
पूर्वी पहाडी जिल्लाहरुमा वर्षा जारी रहेकाले केही दिनयता सप्तकोशीको वहावमा उतारचढाव भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार आज बिहान कोशीमा वर्षकै उच्च बहाव मापन गरिएको हो । सप्तकोशी नदीमा मापन गरिएको १ लाख ८८ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको वहाव यस वर्ष अहिलेसम्मकै उच्च मापन भएको कन्ट्रोल रुमले जनाएको छ । पछिल्लो अपडेटअनुसार यतिबेला कोशीमा १ लाख ७६ हजार क्युसेक पानीको बहाव रहँदा २२ वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण सतह बढेकाले पछिल्लो समय ३ लाख क्यूसेक प्रतिसेकेण्ड बढी बहाव भए सम्भावित खतराका रुपमा लिने गरिन्छ । २०६५ साल भदौमा कोशी पूर्वी तटबन्ध भत्काएर गाउँ पस्दा ठूलो क्षति भएको थियो । त्यसयता वर्षातको समयमा नदीको वहावमा हुने उतारचढावलाई बढी महत्वका साथ हेर्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्