११ वर्षीय बालकको सलले घाँटी थिचेर हत्या

११ वर्षीय बालकको सलले घाँटी थिचेर हत्या

दाङ । तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको  हत्या भएको छ ।
भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
घटनामा संलन भारत घर भई हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्