राहतका लागि आवेदन दिन आएको बेला एक द्वन्द्वपीडितको निधन

<span class='c1'>राहतका लागि आवेदन दिन आएको</span> <span class='c2'>बेला एक द्वन्द्वपीडितको निधन</span>

रसुवा । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ ।
जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ ।
देश द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो आई अस्पताल पु¥याइएको बताइएको छ ।
सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थियो । एक्कासि निधनको खबरले आफू र आफ्नो कार्यालय परिवारलाई दुःखित तुल्याएको सहायक प्रजिअ स्मिता पौडेलले बताइन् ।
उपचारार्थ उहाँका दाजुभाइले अस्पताल पु¥याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममै गुरुङको निधन भएको र उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताए ।
स्व. गुरुङ विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले विनम्र आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्