लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

धनुषा । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार साँझ सशस्त्र प्रहरी बल बेल क्याम्प नगराइन धनुषाबाट कार्यदल काठमाडौंका लागी रवाना लिएर हिडेका ३० वर्षीय तीर्थ तामाङलाई अवैध लागुऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्याबलेट र नाइट्रोभेट १२० ट्याबलेट सहित उनलाई पक्राउ गरेको हो । सरुवा भएर काठमाडौं आउदै गरेका तामाङले लागुऔषध बाकेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्