लेटाङका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण

लेटाङका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण

भूमिका पाख्रिन, लेटाङ मोरङको लेटाङ नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । लेटाङ नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित मेयर शंकर राई, नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर कृष्णकुमारी निरौला पोखरेल, साथै अन्य वडाका निर्वाचित वडाअध्यक्ष, वडासदस्यहरुले पदभार ग्रहण गरेका हुन् । निर्वाचित जनप्रतिनिधिहरुले आजबाटै आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । सम्पूर्ण जनप्रतिनिधिहरुलाई लेटाङ नगरपालिकाका कार्यकारी अधिकृत नारायण न्यौपानेले खदा तथा अविर लगाई स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर शंकर राईले लेटाङलाई नमुना नगर बनाउन सबैको सहयोग खाँचो रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्