मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न दिइएको आदेश मेडिकल कलेजहरुद्वारा अवज्ञा

मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न दिइएको आदेश मेडिकल कलेजहरुद्वारा अवज्ञा

२९ असार, काठमाडौं । मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले दिएको निर्देशनलाई मेडिकल कलेजहरुले अवज्ञा गरेका छन् ।

 

प्रधानमन्त्रीको कार्यालयले भैरहवास्थित युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई सात दिनभित्रमा योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न असार २२ गते निर्देशन दिएको थियो । तर, निर्देशन कार्यान्वयन नभए कलेजको सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी थियो ।

तर, दुबै मेडिकल कलेजले मेरिट लिस्टमा रहेका विद्यार्थीहरुलाई भर्ना गर्न अटेर गरेका छन् । युर्निभर्सल कलेजले चिकित्सा शास्त्र अन्तर्गतको विशेषज्ञ तह (पीजी) तर्फ भर्ना हुन पुगेका विद्यार्थीहरुलाई थप १६ लाख बुझाउन माग गरेका छन् ।

‘भर्ना हुने आज अन्तिम दिन दुई घण्टा कुर्दा पनि दुबै कलेजले भर्ना प्रति कुनै चासो देखाएको छैन’ डाक्टर्स सोसाइटी अफ नेपालकी अध्यक्ष डा. तोसिमा कार्कीले भनिन्, ‘अझ युर्निभर्सल कलेजले त १६ लाख अझै तिर्नुपर्छ भनिरहेको छ ।’ अनलाइन खबरले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्