हिन्दु तिर्थयात्री माथि भएकाे अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी

हिन्दु तिर्थयात्री माथि भएकाे अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी

भारतमा अमरनाथ तिर्थ यात्राका क्रममा हिन्दु तिर्थ यात्री चढेकाे गाडीमा भएकाे अातंकवादी हमलाकाे विराेधमा अाज विराटनगरकाे ट्राफिक चाैकमा विराेध प्रदर्शन गरेका छन् । विभिन्न जात जातिका मानिसहरु साे प्रदर्शनीमा सहभागी भएर उक्त घटनाकाे विराेध गरेका थिए ।

साे कार्यक्रममा मुस्लिम समुदायका व्यक्तिहरूकाे बाक्लाे उपस्थिति रहेको थियो । सहभागीहरूले अातंकवादकाे कुनै धर्म हुदैन, निर्दाेषकाे हत्या बन्द गर, अमरनाथ अाक्रमण अमानवीय हाे लगायतका नाराहरू लेखिएकाे प्लेकार्ड बाेकेका थिए ।  विभिन्न किसिमका नाराहरु लियेर उत्रेका थिए । कार्यक्रमकाे संयाेजन आजम सिद्दिकीले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्