भदौमा आइसिटी अवार्ड २०१७, अनलाइन नोमिनेसन केहि दिनमात्र बाकि

भदौमा आइसिटी अवार्ड २०१७, अनलाइन नोमिनेसन केहि दिनमात्र बाकि

काठमाडौं । २०७४, असार २९
लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । यहि भदौ २ गते आयोजना हुने विशेष अवार्ड कार्यक्रममा सहभागी हुन अनलाइनबाट रजिस्ट्रेसन दर्ता गर्नुपर्नेछ ।
अवार्डमा नोमिनेशन दर्ता गर्न www.ictawardnepal.com वेबसाइट वा आइसिटी अवार्ड नामक मोवाइल एप्लिकेशन मार्फत अनलाइन फारम बुझाउन सकिनेछ । अनलाइन दर्ता भएका कम्पनी तथा व्यत्तिहरुलाइ यस क्षेत्रका विज्ञहरुको समुहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी उत्कृष्ट अन्तिम विजेतालाइ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिने छ । साउन ३ गतेभित्र अनलाइन रजिस्ट्रेसन गरिसक्नुपर्ने अवार्ड आयोजकले जानकारी दिएको छ ।
यस वर्ष गतवर्षको तुलनमा यस वर्ष ३ नयाँ अवार्ड क्याटेगोरिज थप गरिएको छ । आइसिटी स्टार्टअप कम्पनी अवार्ड, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड , आइसिटी स्कोलर अवार्ड र बेस्ट नेपाली डायस्पोरा आइसिटी अवार्ड गरि पाच विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितीका संयोजक राजन लम्सालले बताए । अनलाइन रजिस्ट्रेसनको समय अब कहि दिनमात्र बाकि रहेको कारण समयमै एप्लिकेशन दर्ता गरि सूचना प्रविधि क्षेत्रको देशकै उत्कृष्ट अवार्ड कार्यक्रममा सहभागी हुन लम्सालले आग्रह गरे ।
स्टार्टअप कम्पनी अवार्ड विधामा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले भाग लिन सक्नेछन भने इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ । यसैगरी आइसिटी स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङका विद्यार्थीहरुले अन्तिम सेमेस्टरमा बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन ।
आइसिटी पायोनियर अवार्ड यस क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्यक्तिलाइ विशेष सम्मान हो । यसैगरी आइसिटी डायस्पोरा अवार्डमा विदेशमा बसेर आइटीमा काम गरी नेपालको पहिचान दिन सक्ने कम्पनी वा व्यक्तिलाइ दिइने अवार्ड हो । पायोनियर र डायस्पोरा अवार्डमा अरु कसैले उपयुक्त व्यत्ति सिफारिस गर्न सक्नेछन भने अन्य विद्यामा सम्वन्धित व्यत्ति आफैले अनलाइन फारम बुझाउन सकिनेछ ।
आइ सि टेक मिडियाद्धारा सञ्चालित लिभिङ विथ आइसिटी म्यागेजिनको वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि आइसिटी अवार्डको सुरुवात भएको थियो । गतवर्ष आइसिटी स्टार्टअप अवार्डमा सस्तो डिल, कुल टेक्नो ल्याब, नेपफ्लाइट र एल्लो नेपालले अवार्ड प्राप्त गरेका थिए । यसैगरी कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाइ आइसिटी पायोनियर अवार्डबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्