अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान

<span class='c1'>अन्तरजातीय विवाह गर्ने खोटाङका</span> <span class='c2'>सात जोडीलाई सम्मान</span>

खोटाङ । अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।

दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार विश्वकर्मा र ईश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा र सुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको छ ।

अन्तरजातीय विवाह गरेर समाजमा नमूना जोडीका रुपमा सङ्घर्ष गरिरहेका जोडीलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुष्ट २५ हजार प्रदान गरिएको मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।
यसैबीच, मञ्चले दलित समुदायबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएका ६२ जनालाई बधाई तथा शुभकामना दिएको छ । जिल्लामा दलित समुदायबाट निर्वाचित ९१ जना जनप्रतिनिधिमध्ये ६२ जनालाई बधाई तथा शुभकामना दिइएको मञ्चले जनाएको छ । दलित समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिका संयोजक राजनकुमार बिसी लगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्