अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा महिलाको कंकाल फेला

अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा महिलाको कंकाल फेला

३० असार, इलाम  । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कंकाल बिहीबार फेला परेको हो ।

इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

 

मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए ।घाँस काट्न जानेले कंकाल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताए ।

मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको समेत निरौलाले बताए ।

उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताए ।

कंकाललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्