लेटाङमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न

<span class='c1'>लेटाङमा पूर्ण खोप सुनिश्चितता</span> <span class='c2'>घोषणा कार्यक्रम सम्पन्न</span>

भूमिका पाख्रिन, लेटाङ
लेटाङ नगरपालिका (साविक लेटाङ भोगटेनी न.पा) पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बच्चा जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने विसीजी, डिपीटी, पोलियो, पिसीभी र दादुरा विरुद्धको खोपहरु सम्पूर्ण बालबालिकालाई लगाएसँगै आज एक कार्यक्रममाबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पहिले नै घोषणा गर्ने कार्यक्रम रहेतापनि विविध कारणवस कार्यक्रमपछि धकेलिएको प्राथमिक स्वास्थ्य केन्द्र लेटाङका हेल्थ असिस्टेन्ट हरिशंकरप्रसाद साहले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद डिगबहादुर लिम्बूले लेटाङको स्वास्थ्य क्षेत्रमा आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । साथै कार्यक्रमका प्रमुख अतिथि, अतिथी लगायतले पूर्ण खोप वडाको घोषणाको प्रतिवद्धतामा हस्ताक्षर समेत गरिएको थियो । लेटाङ नगरपालिकाको हालको १,२,३,४,५,६ नम्बर वडा अर्थात साविक लेटाङभोगटेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । जहाँ जम्मा ५ सय ७ बालबालिकाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्कमा उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्