मतदातालाई भेडेटार लगेर मत आफ्नो पक्षमा !!

<span class='c1'>मतदातालाई भेडेटार लगेर मत</span> <span class='c2'>आफ्नो पक्षमा !!</span>

विराटनगर , असार ३० – मोरङको कटहरी गाउँपालिकामा धमाधम मतदानको काम भइरहेको थियो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरु मतदातालाई मतपत्र बितरण गर्दै थिए । जम्मा ३७ जना मतदाता रहेको कटहरीको यो मतदान गाउँ कार्यपालिका सभाको लागि भइरहेको हो । गत असार १४ मा सम्पन्न भएको मतदानबाट विजयी भएका सबै निर्वाचित जनप्रनिधिले भोट हालेर ५ जनालाई निर्वाचित गराईँदै छ ।  बिहान १० बजेको समयमा मतदानको क्रम सुरु भइसकेकाले निक्कै चहलपहल देखिन्थ्यो । झण्डै ११ बजे सम्ममा त्यहाँ भएका सबैले मतदान गरिसकेका थिए । तर आधा भन्दा बढी अर्थात २० जना मतदाताहरु कटहरी भन्दा बाहिर नै थिए । त्यो पनि सुनसरीको भेडेटारमा बिहिवार नै पुगिसकेका थिए । उनीहरुले विराटनगर आउन निक्कै समय लागेको बताए । संघीय समाजवादीका एक नेता मृत्युञ्जय झा भन्नुहुन्छ ‘आचार संहिताको उल्लंघन गर्दै भारतको बिहारी हावा नेपालको स्थानीय तहको निर्वाचनमा देखिन थाल्यो ।’

झण्डै १२ बजेर १० मिनेटको समयमा एउटा स्कारपियोसहित ३ वटा मारुतीमा २० जनाको टिम हुँईकिँदै आइपुग्यो । मतदान गर्ने समय सकिन झण्डै ५० मिनेट मात्र बाँकी थियो । सबै टिम आयो मतदान गर्नको लागि लाईनमा बस्नु पर्नेमा उनीहरु लाईनमा बसेनन् अनि सिधै भित्र एउटा कोठामा बसेर जम्मा भएर बाहिर निस्किए ।

उनीहरुको यो अभियानको साथमा थिए, भर्खरै निर्वाचित भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष । अध्यक्ष र उपाध्यक्ष कटहरी गाउँपालिकाले भाडामा लिएको गाडीमा सयर गरेर फर्किएको भेटियो भने अन्य ३ वटा मारुती गाडी भाडामा लिएर गएका थिए । तर यस बारेमा कटहरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार कामतलाई सोध्दा उहाँले त्यसरी आचार संहिता उल्लंघन गरेर भेडेटार नगएको प्रतिक्रिया दिनुभयो ।

यसरी २० जनालाई धनकुटाको भेडेटार लैजानुको मुख्य कारण शुक्रबार हुने गाउँसभाको लागि हुने निर्वाचनमा आफ्ना मतदातालाई आफ्नो पकडमा राख्नु अनि आफ्नो एलायन्स बलियो बनाउनु रहेको छ । कांग्रेसले लोकतान्त्रिक फोरमसँग एलायन्स गरेर आफ्नो एकलौटी गाउँसभा बनाउने मनस्थिती अनुसार नेपाल लोकतान्त्रिक फोरमका ४ जना र कांग्रेसका १६ जनासहित २० जना भेडेटार पुगेका थिए ।

यसरी निर्वाचनको बिषयलाई लिएर मतदाता गायव गराउने बिषय नेपालको लागि नयाँ हो । कटहरीमा ७ जना वडा अध्यक्ष, २ जना गाउँ अध्यक्ष उपाध्यक्ष र ६ जना सदस्य रहने गरी गाउँसभा निर्वाचित गराइन्छ । त्यही अनुसार नेपाली कांग्रेस ७ माओवादी केन्द्रबाट ३ एमाले २ फोरम लोकतान्त्रिक २ संघीय र संघीय समाजवादीबाट १ जनाको कटहरी गाउँसभा गठन भएको छ ।

तर भारतको बिहारमा यसरी गाउँसभाको निर्र्वाचनको समयमा एक हप्ता मतादातालाई कसैले थाहा नपाउने गरी नेपालका बिभिन्न स्थानमा ल्याएर राखिएको घटनाहरु बाहिर आइरहेको भएपनि मोरङको विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकाको यो घटनाले धेरैलाई झस्क्याएको छ । यसले अबको गाउँपालिकाको प्रभावकारीको बिषयमा पनि  प्रश्नहरु उब्जाएको छ । (उज्यालो अनलाइनबाट साभार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्