सुनसरी, साउन १, सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा शनिबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते भएकी छन्।
सोही उप-महानगरपालिका बस्ने ४५ बर्षिय कमल प्रसाद भट्टराईले सामान्य घरायसी बिवाद हुँदा ३५ बर्षिय आफ्नै श्रीमती मुन्ना भट्टराईलाई छुरा प्रहार गरेका थिए।छुरा प्रहारबाट शरिरका बिभिन्न भागमा चोट लागेर घाईते भएकी भट्टराईलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ।
छुरा प्रहार गर्ने श्रीमानलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।