डा. गोविन्द केसीले साउन ९ गतेदेखि सत्याग्रह थाल्ने

डा. गोविन्द केसीले साउन ९ गतेदेखि सत्याग्रह थाल्ने

काठमाडौं । डा. गोविन्द केसीले साउन ९ गतेदेखि सत्याग्रह थाल्ने भएका छन् । उनले जारी गरेको प्रेस विज्ञिप्तमा साउन ९ गते बेलुका ४ बजे सत्याग्रह सुरू गर्ने उल्लेख गरिएको छ ।
पटक पटक दिएका अल्टिमेटममा पनि माग पूरा नगरेको भन्दै सत्याग्रह थाल्ने निष्कर्षमा पुगेको उनले जनाएका छन् ।
तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्न पनि माग गरेका छन् । त्यसैगरी एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरिनुपर्ने माग पनि केसीले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्