सप्तरी, साउन १
सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भएकी हुन्।
ठक्करबाट घाईते बालिकालाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिको छ।