प्रधानमन्त्री देउवाद्वारा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह

प्रधानमन्त्री देउवाद्वारा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले कानुन निर्माणका लागि संसदमा विधेयक पेश भईसकेको उल्लेख गर्दै छिट्टै पारित हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । निर्वाचनको तयारीमा जुटन प्रधानमन्त्रीले आग्रह गर्नु भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन असार मसान्तभित्रै बनाउन सरकारसँग आग्रह गरेको थियो । त्यसैगरी आयोगले आगामी साउन १५ गते भित्र निर्वाचन क्षेत्र निर्धारणको काम पनि सम्पन्न गर्न सरकारसँग आग्रह गर्दै आएको छ । बैठकमा आयोगले चरणवद्ध निर्वाचन तथा त्यसका लागि आवश्यक व्यवस्थापकीय कामको तयारीको बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो । निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीलाई पनि अघि बढाएको छ । त्यसैगरी आयोगले मंसीर पहिलो साताभित्र प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने कार्ययोजना पनि सरकारलाई पेश गरिसकेको छ । निर्वाचन आयोगलाई आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्