महेन्द्र मोरङ क्याम्पसको प्रमुखको कार्यकक्षमा तालाबन्दी

महेन्द्र मोरङ क्याम्पसको प्रमुखको कार्यकक्षमा तालाबन्दी

नेपालभरिका आंगिक क्याम्पसहरुमा आंशीक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् ।

करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै उनीहरुले केन्द्रीय कार्यक्रमअनुसार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सबै विभाग, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । लामो समय देखि त्रीभुवन विश्वविद्यालयका आंगीक क्याम्पसहरुमा आंशीक रुपमा कार्यरत आाफुहरुलाइ करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुले आज र भोलि दुइदिन क्याम्पसको पठनपाठनसमेत ठप्प बनाएका छन् ।

क्याम्पस प्रमुख महेन्द्रनारायण यादवले आंशीक प्राध्यापकहरुले उठाएको माग जायज रहेकाले विश्वविद्यालयले चाँडोभन्दा चाँडो यस विषयमा निकास दिएर पठनपाठन सुचारु गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

क्याम्पसमा हाल ६७ जना आंशिक प्राध्यापकहरु कार्यरत छन् । कुनै समय खचाखच विद्यार्थी हुने महेन्द्र मोरङ क्याम्पसमा अहिले भने दुई हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्