लागूऔषधसहित धरानका एक युवा पक्राउ

लागूऔषधसहित धरानका एक युवा पक्राउ

सुनसरी, साउन २

सुनसरीको धरान-७ बस्ने २२ बर्षिय जितेन गुरुङलाई प्रहरीले आइतबार लागूऔषधसहित पक्राउ गरेको छ।

गोप्य सुचनाको आधारमा प्रहरीले गुरूङको घरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपीजेसिक ८ एम्पुल, डाइजोलोपाम ८ एम्पुल, एभिल ८ एम्पुल बरामद गरेको हो।

बरामद लागूऔषधसहित जितेन गुरुङ र उनको श्रीमतीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्