बिराटनगरको ईडेन स्कुलमा बिद्यार्थीहरुलाई समर क्याम्प

<span class='c1'>बिराटनगरको ईडेन स्कुलमा</span> <span class='c2'>बिद्यार्थीहरुलाई समर क्याम्प</span>

विराटनगर ३ आयल निगम स्थित ईडेन नेशनल बोडिङ स्कुलमा आज श्रावण २ गते देखि समर क्याम्पको शुरुवात भएका छ । विद्यालयका अध्यक्ष्य तुलसि प्रसाद पोखरेलको अध्यक्ष्यतामा उद्घाटन गरिएको सो कार्यक्रममा २३० विद्यार्थीहरु सहभागि छन् । समर क्याम्पमा विद्यालयले विद्यार्थीहरुलाई क्लोथ पेन्टिङ, गुडिया बनाउने, माटोबाट भाडा बनाउने कला सिकाउने छ । क्याम्पमा विद्यार्थीलाई पौडी खेलाउने, फुटसलमा खेल खेलाउने, विज्ञान प्रदर्शन गर्ने साथै किचनमा काम गर्ने तथा कही खानेकुरा तयार गर्न सिकाउने छ । यस पटक विद्यार्थीहरुले क्याम्पमा स्यान्डविच, रसभरि जस्ता खानेकुरा बनाउन सिकाइने छ । डल बनाउन र व्याङगल बनाउन समेत सिकाइने छ । विद्यार्थीहरुलाई शैक्षिक भिडियो देखाउनका साथै विभिन्न खालका खेलहरु खेलाइनेछ।
परीक्षा पश्चात् विदा भएका बेला विद्यार्थीहरुलाई जीवनपयोगी कार्यहरु सिकाउन साथै विदामा घरमा बसेर विद्यार्थीले विनाअर्थ समय नविताउन भन्ने अभिप्रायले यस्तो कार्यक्रम गर्ने गरेको विद्यालयका प्रिन्सिपल सि.एम. बस्नेतले बताउनु भयो । इडेन स्कुलले बिगतका बर्षमा पनि यस्तो कार्यक्रम गरेको थियो ।
समर क्याम्प ४ दिन सम्म रहनेछ । विद्यार्थीहरु समर क्लबका विभिन्न विधाहरुमा सहभागी हुनसक्छन् । नाटकमा भाग लिने विद्यार्थीहरुले नाटक तयारी भएपछि विराटनगरमा अवस्थित आरोहण गुरुकुल र झोराहाट नाट्यशालामा नाटक मञ्चन गर्नेछन् । फाइन आर्टमा सहभागी विद्यार्थीहरुले बनाएका तस्विरहरुलाई प्रदर्शन गराईने छ । अध्यक्ष पोखरेलले भन्नुभयो, “विद्यालयले यस प्रकारका कार्यक्रमलाई विषेश प्राथमिकता दिनेछ । र विद्यालयले सिकाएका हरेक किसिमका क्रियाकलापहरु जीवनपयोगी हुनेछन् ।” कार्यक्रम श्रावण ५ गते शैक्षिक भ्रमण पश्चात् समापन गर्ने योजना रहेको कुरा प्रिन्सिपल बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्