बेलबारीका दृष्टिविहीन महाप्रसाद दाहाल ज्योतिष हेरेर घर खर्च चलाउदै

<span class='c1'>बेलबारीका दृष्टिविहीन महाप्रसाद दाहाल ज्योतिष</span> <span class='c2'>हेरेर घर खर्च चलाउदै</span>

पथरी (मोरङ),  साउन २ गते  । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । जन्मदै दृष्टिविहीन जन्मनुभएका दाहाल भन्नुहुन्छ, “मैले पढेको होइन । अन्तर ध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ ,मलाई थाहा छैन् तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइसक्थे होला नि,” उहाँले थप्नुभयो, “हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् ।”

जसले विश्वास गर्छ उनीहरूले नयाँ ग्राहक लिएर दाहाललाई भेट्न पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उहाँकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै हुनुहुन्छ । महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गर्नुभएको थियो तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उहाँका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् ।
महाप्रसाद दैनिक कमाएर ल्याउनुहुन्छ, मनकुमारी, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउनुहुन्छ । भन्नुहुन्छ, “ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु ।” आफन्त इष्टमित्र भए पनि कसैले केही सहयोग नगरेको उहाँहरूको भनाइ छ । उहाँहरूका आफन्त नभएका होइनन् तर कहिलेकाहीँ आउने बाहेक केही भरोसा छैन् । सरकारी स्तरबाट उहाँहरूले प्रतिव्यक्ति मासिक रु ६÷६ सय पाउनुहुन्छ । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन ।

उहाँ भन्नुहुन्छ, “मासिक एक हजार ५०० घर भाडा तिर्नुपर्छ ।” उहाँहरूसँगै डेरा बस्ने बिमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा दिन्छन् । दैनिक दुई÷तीनजना आउने गरेको उहाँहरू बताउनुहुन्छ । बिमलाले भन्नुभयो, “हामी ३ वर्षदेखि यहीँ घरमा सँगै बस्छौँ । महिनामा दुई÷तीनजना मान्छे नआएको दिनै हँुदैन, शनिबार र मङ्गगबार त पालो कुर्नुपर्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्