विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्पन्न भएको थियो । महेन्द्र मोरङ्गले टस जितेर बोलिङ गर्ने निर्णय लिएकोमा प्राइम कलेजले १६ ओभरमा १० विकेट गुमाएर ५३ रन बनायो । महेन्द्र मोरङबाट सुदिप निरौला , नबिन कार्कि, निरज राजवंशीले २ विकेट र आषिस थापाले १ विकेट लिए। महेन्द्र मोरङ्गले सजिलै ५४ रनको लक्ष्य भेट्न सफल भयो र ५ विकेटले जित हासिल गरेको सन्दिप राउतले जानकारी दिए । ब्याटिङमा मोरङ्गका निरज राजवंशीले २४ रनको योगदान दिए । म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज मोरङ्गका निरज राजवंशी भए भने बेस्ट बलर भए ।