चितवनमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

चितवनमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानिय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाईकल र चालक भने नियन्णत्रमा रहेको प्रहरीले जनाएको छ । यता गएराती भरतपुर महानगर वडा नम्बर १४ स्थित पश्चिम चितवनको गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको ना ४२ प २१८९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा ४८ बर्षका स्थानिय बलराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्