नेपाल प्रहरी श्रीमती संघद्धारा सप्तरीमा बाढी पिडीतहरुलाई राहत बितरण

<span class='c1'>नेपाल प्रहरी श्रीमती संघद्धारा सप्तरीमा</span> <span class='c2'>बाढी पिडीतहरुलाई राहत बितरण</span>

सप्तरी, साउन ३

नेपाल प्रहरी केन्द्रीय श्रीमती संघद्धारा गत असार १७ गते सप्तरीमा बाढीबाट पिडीत भएका १९ घर परिवारलाई मंगलबार दिउँसो राहत बितरण गरेको छ।

इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको प्राङगणमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष सीमा अर्यालको प्रमुख आतिथ्यतामा राहत बितरण गरिएको हो।

सप्तरी तिरहुत गाउँपालिका २ र ५ नम्बर वडाका १५ घर परिवार त्यस्तै कंचनरुप नगरपालिका ९ मा रहेको बाढीबाट पिडीत ४ घर परिवारलाई राहत बितरण गरेको हो।

बाढीबाट पिडीत भएका प्रत्येक घर परिवारलाई २ केजीका दरले सख्खर, ५ केजी चिउरा, लुगा धुने नुहाउने साबुन, आल्मुनियमको खाना पकाउने भाँडा, प्लाष्टिकको बाल्टिन, ब्लाङकेट, सुतीको गम्छा, तन्ना, सुपानेट झुल, सुतीको साडी र मच्छड धुप बितरण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्