तेह्रथुम, साउन ४
तेह्रथुमको म्याङलुङ नगरपालिका १० स्थित तम्फुलामा मंगलबार राती गाईको बाछाले किचेर एक बृद्धाको मृत्यु भएको छ।
सोही नगरपालिका बस्ने अनक बहादुर लिम्बुको ६२ बर्षिय श्रीमती सन्चमाया लिम्बु आफ्नै घरमा पालेको गाईको बाछाले किचेर घाईते भएकी थिईन्।
गम्भिर घाईते लिम्बुलाई उपचारकालागी जिल्ला अस्पतालमा म्याङलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।