झापाबाट ७६ करोड ३३ लाख बजेट फिर्ता

<span class='c1'>झापाबाट ७६ करोड ३३</span> <span class='c2'>लाख बजेट फिर्ता</span>

भद्रपुर, साउन ४ गते । झापामा आर्थिक वर्ष २०७३-७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ ।

जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो ।

गत आवमा चालुतर्फको कुल बजेट रु आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये रु सात अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ रु तीन अर्ब २७ करोड दुई लाख पाँच हजारमध्ये रु दुई अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्