पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
डा यादवले उहाँको स्वास्थ्य अहिले सामान्य रहेको भन्दै दुई÷तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिनुभयो । पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ्ग राणा संलग्न हुनुहुन्छ । रासस