संखुवासभा, साउन ५
संखुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुँनेमा स्थानीय जस बहादुर तामाङको ११ बर्षिय छोरा मनिष तामाङ रहेका छन्।
बालकको बेलुका ८ बजेतिर अबिरल बर्षासंगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ।