एनआईसी एसिया बैंकको खुद नाफा डेढ अर्ब नजिक

एनआईसी एसिया बैंकको खुद नाफा डेढ अर्ब नजिक

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुद नाफा ४० करोड रुपैयाँ बढाएको छ ।

गत असार मसान्तसम्म बैंकले कुल १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले बिहीबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा वृद्धि भएको जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंक बैंकको निक्षेप परिचालन झण्डै १८ अर्ब रुपैयाँ बढेको छ । गत असारसम्म बैंकले ८६ अर्ब ६९करोड ७१ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप ६९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ मात्र थियो ।

यस्तै कर्जा लगानी पनि विस्तार भएको बैंकले जनाएको छ । गत असारसम्म बैंकले ७१ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५८ अर्ब ४५ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । एक वर्षमा बैंकको कर्जा लगानी झण्डै १४ अर्ब रुपैयाँ बढेको जानकारी दिएको छ ।

गत आवमा बैंकको खराब कर्जा ज्यादै न्युन रहेको छ । गत असारसम्म बैंकको खराव कर्जा अंश ०.३६ प्रतिशत मात्र छ । अघिल्लो आवमा बैककको यस्तो कर्जा ०.७६ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) ७६.३४ प्रतिशत छ । निक्षेप कर्जाबीचको ब्याज अन्तर (स्प्रेड रेट) ३.३९ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ छ । गत असारसम्म चुक्तापुँजी ६ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदैछ । बैंकले मर्चेन्ट कारोबारका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड पनि स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्