घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु

<span class='c1'>घरको इनार सफा गर्न</span> <span class='c2'>गएका मजदुरको निस्सासिएर मृत्यु</span>

रत्ननगर, चितवन । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो ।
करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो ।
बिहान ९स्४० बजे इनार सफा गर्न गएका उनी केही समयपछि नै प्रतिक्रियाविहीन भएका थिए । स्थानीयवासीबाट घटनाको जानकारी आएपछि नेपाली सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
सेनाको टोली २५ फिट तल पुगेपनि अक्सिजन नहुँदा भित्र जान सकेन । त्यसपछि अक्सिजनसहित कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली बोलाइएको थियो ।
सो टोलीले साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको चितवन प्रहरीले जनाएको छ । कुरिनटारबाट टोली आउनुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो । उनको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्