विराटनगरमा अज्ञात व्यतिको छुरा प्रहारबाट महिला घाइते

विराटनगरमा अज्ञात व्यतिको छुरा प्रहारबाट महिला घाइते

मोरङ, साउन ६

मोरङको विराटनगर महानगरपालिका-५ जामुनगाँछीमा विहीबार अज्ञात व्यतिको छुरा प्रहारबाट एक महिला घाइते भएकी छिन्।

घाइते हुँनेमा सोही ठाउँकी अन्दाजी २० बर्षिया दुर्गा उराव रहेकी छिन्। बेलुका ८;३० बजेतिर जामुनगाँछीबाट घरतर्फ जादैगर्दा घर भन्दा ३ सय मिटर पूर्व दुर्गालाई पैदल आएको अपरिचित ब्याक्तीले छुरा प्रहार गरेको थियो।

छुरा प्रहारबाट घाँटीमा चोट लागेकी उनको लाईफ गार्ड अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्नेको खोजी भइरहेको वडा प्रहरी कार्यालय (क) विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्