विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

विराटनगर, साउन ७ , मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालय को १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक-५ हम्से टोल बस्ने १७ बर्षिय सुचन दर्जी रहेका छन्। लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले दर्जीलाई चेकजाँच गर्ने क्रममा साँझ ५ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याएको नाईट्रोसन ७३ पिस एस पी ट्याबलेट र प्रतिबन्धित औषधी स्पास्मो प्रोक्सिभन ४० पिस बरामद गरेको छ। पक्राउ परेका सुचनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धासन भइरहेको छ।

यस्तै झापाको झापा मेचिनगर नगरपलिका-६ मुलगेट नजिकैबाट लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मोरङ उर्लाबारी नगरपलिका-४ बस्ने २४ बर्षिय रमेश निरौलालाई लुपिजेसिक ११ एम्पुल, फेनारागन ११ एम्पुल, र डाईजेपाम ११एम्पयुलसहित पक्राउ गरेको छ।

उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्