कार र मोटरसाइकल ठोक्किदा ७ जना घाइते

कार र मोटरसाइकल ठोक्किदा ७ जना घाइते

मोरङ, साउन ७ , मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा शुक्रबार कार र मोटरसाइकल ठोक्किदा ७ जना घाइते भएका छन्।

को १५ प २०३७ नम्बरको मोटरसाइकल र बा १६ च ३२२० नम्बरको कार ठोक्किदा मोटरसाइकल चालक धरान-६ बस्ने ३५ बर्षिय मान बहादुर पौडेल, पछाडी सवार उनकै श्रीमती ३० बर्षिय जयन्ती पौडेल र छोरी ५ बर्षिय आरजु पौडेल घाइते भएका छन्। दुर्घटनामा कार समेत अनियन्त्रित हुँदा कारमा सवार ४ जना सामान्य घाइते भएका छन्। घाइतेको बेलबारी नोबेल सामुदायीक अस्पताल बेलबारी उपचार भइरहेको प्रहरी चौकी डांगीहाटले जनाएको छ।

यस्तै मोरङकै बुढीगंगा गाउँपालिका-३ भित्री सडक खण्डमा को २१ प ५१७४ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा साइकलयात्री सुनसरी मधेली-६ बस्ने अन्दाजी २६ बर्षिया जलिया चौधरी घाइते भएकी छिन्। उनको विराट मेडीकल कलेज गंगाचौकमा उपचार भइरेहको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङ ग्रामथान गाउँपालिका -३ बस्ने अन्दाजी २५ बर्षिय अनिल कुमार चौधरी समेत घाइते भएकले सोही अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

यता विराटनगर महानगरपालिका-४ धिताल पेट्रोल पम्प नजिकै को २४ प ८९०० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी २४ बर्षिया निर्मला राजवंशी घाइते भएकी छिन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान गाँउपालिका-६ बस्ने २४ बर्षिय सुरज माझी समेत घाईते भएकोले सोही अस्पतालमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्