पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम 

पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम 

विराटनगर ७ सायन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाईएको छ ।
   सो अवसरमा पुष्पलाल स्मारक समितिले विराटनगरमा अन्तरक्रिया सहित विविध कार्यक्रम आयोजना गरेको छ । नेपालको सांस्कृतिक क्षेत्रमा पृुष्पलालको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले समाजबादी सास्कृतिक क्षेत्रमा पुष्पलालको योगदान अतुलनिय रहेको बताए । 

कार्यक्रममा प्राध्यापक डाक्टर बद्री बिशाल पोखरेलले पछिल्लो समय कम्युनिष्ट सिद्धान्त अनुसरण गर्नेहरुबीच पनि बर्गिय विचलन बढेको बताएकाछन् । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य महेश रेग्मीले पुष्पलालले कोरेको सिद्धान्तमै देश अघि बढेको औल्याए ।

उता दिवसक कै अबसरमा विराटनगरमा प्रतियोगितात्मक कविता गोष्ठीको आयोजना गरिएको छ ।    विराटनगर १ स्थित बिष्णुमाया सामुदायिक भवनमा आयोजना गरिएको कवि गोष्ठीमा २ दर्जन बढी कवि सहभागी थिए । पुष्पलाल स्मारक समितिको आयोजनामा भएको कवि गोष्ठिमा कवि लावण्य सापकोटा, शौरभ लुईंटेल, निलम ढुंगेल, सुयश घिमिरे, पुस्तिका भण्डारी र पुजा आराधाना लगातयका कविहरुले प्रतियोगितात्मक र प्रतियोगि कवितासमेत वाचन गरेका थिए । 

  प्रतियोगितात्मक कविता गोष्ठीका बिजयीलाई क्रमश ५ हजार ३ हजार र २ प्रदान गरिने र दुईजनालाई क्रमश एकएक हजारको सान्त्वना पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्