प्राबिधिक शिक्षामा लगानी गर्न भारत सरकार तयार : भारतिय राजदुत पुरी

प्राबिधिक शिक्षामा लगानी गर्न भारत सरकार तयार : भारतिय राजदुत पुरी

विराटनगर, साउन ७
भारतिय राजदुत मन्जीत सिह पुरीले भारत सरकार प्राबिधिक शिक्षामा नेपालमा लगानी गर्न तयार रहेको बताउनु भएको छ । मोरङको बुढीगंगामा रहेको मनमोहन पोलिटेक्नीकको अबलोकन पछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । शनीवार पुरी बुढीगंगामा पुगेर कलेजले गरेको प्रगतीको बारेमा जानकारी लिँदै पोलिटेक्नीकले प्राबिधिक शिक्षामा खेलेको भुमिका नेपालकै नमुना रहेको औल्याउनु भयो । पोलिटेक्नीकले गरेको प्रगती अन्य क्षेत्रका प्राबिधिक कलेजहरुले पनि सिक्नु पर्छ उहाँले भन्नुभयो, यहाँको यस्तो समाजमा पनि समाज रुपान्तरणमा शिक्षाको भुमिका महत्वपुर्ण रहेको छ, मलाई निक्कै खुसी लागेको छ ।
उहाँले भारत सरकारको तर्फबाट पहिला पनि सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । भारत सरकारले यस पोलिटेक्निकलाई सहयोग हुँदै आएको छ भन्ने मलाई लाग्छ आगामी दिनमा पनि प्राबिधिक शिक्षाको स्तर बृद्धी गर्ने काममा फेरी सहयोग हुने नै छ ।
पोलिटेक्नीकले अहिले सम्म गरेको कामको उच्च प्रशंसा गर्दै प्राबिधिक शिक्षामा खेलेको भुमिकालाई कसैले भुल्न नुहुनेमा जोड दिनुभयो । राजदुत पुरीले पोलिटेक्नीकको प्राबिधिक कक्ष, ल्याव, भौतिक पुर्बाधारणको अबलोकन गर्दै शिक्षक, बिद्यार्थी, अभिभावक, ब्यवस्थापन समितिसँग समेत छलफल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्