वाग्मती सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको २१९ औँ हप्तामा त्रिपुरेश्वर नयाँ पुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
महाअभियानका सबै अभियन्ता विष्णुमती सफाइ अभियानमा सहभागी हुने भनिए पनि विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइमा बिराम नगरिएकाले १०० जनाले सफा गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिए ।
सफाइमा नेपाल प्रहरी, युरेसिया रेयुकाइलगायत स्थानीयवासीको सहभागिता थियो । त्रिपुरेश्वर क्षेत्रको स्थानीयवासीका घरघरमा गई जनचेतनामूलक अभियान गरी आज सबैभन्दा बढी स्थानीयवासीलाई सफाइमा उतारिएको उनले सुनाए ।
उपत्यकाका रुद्रमती, गुह्येश्वरीमाथिको वाग्मती, तिलगंगा र मीनभवनका सफाइ अभियानकर्मी भने आज नयाँ बसपार्कस्थित विष्णुमती सफाइमै सहभागी भएको महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्