बिराटनगरको गुरुकुलमा ‘लखन पटबारी’ [फोटो फिचर सहित]

बिराटनगरको गुरुकुलमा ‘लखन पटबारी’ [फोटो फिचर सहित]

रिपाेर्ट: प्रेम देवान/आवर विराटनगर डट नेट
तस्विर: सराेज कार्की

बिराटनगर ८ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी’ नाटक हेर्ने दर्शकको भीड लाग्न थालेको छ ।

काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी गत १ साउनदेखी बिराटनगर गुरुकुलमा मञ्चन भईरहेको छ ।

हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक ‘लखन पटबारी आगामी साउन १५ गते सम्म मञ्चन हुने आरोहण गुरुकुलका अध्यक्ष भैरब अर्यालले बताएकाछन् ।
यमलोक , मत्र्यलोक अनि मरेका र ज्युँदा मान्छेको व्यवहारबारेको लोककथामा आधारित नाटक ‘लखन पटबारी नाटकमा रामभजन कामत , बिकास पराजुली , रबिन चिमोरिया , अशोक गौतम , भरत कार्की राजेश ठाकुर लगायतले अभियन रहेको छ । जीउँदो मान्छेको ज्याद्रो भुमिका रामभजन कामतले र मैमत्त शासक यमराजको भुमिका बिकास पराजुलीले निभाएका छन् । जन्मेपछि मृत्यू अनिर्वाय भएकोले मान्छेले आफनो मानबियता छाडनु हुँदैन र सृष्टिको नियमलाई शक्त्तिशाली शासक नै नभएपनि उल्लंघन गर्न हुदैन सबैले पालना गर्नुपर्छ भन्ने सन्देश नाटक ‘लखन पटबारी उल्लेख गरिएको छ ।
यो नाटक राजनैतिक र समाजिक हास्य व्यंगले भरिपुर्ण छ । भर्खरै सम्पन्न स्थानिय निकायको चुनावमा पांउनुपर्ने मेयरको टिकटको हानथापको तीखो व्याङ्ग प्रहार पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्