वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ ।मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

एकदमै गरिब परिवारमा जन्मिनुभएका रामेश्वरका बुबा, आमा, तीन छोरी र पाँच महिनाकी गर्भवती पत्नी छन् । मलेसियामा मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याई दिनका लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवार जनले आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्