सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

<span class='c1'>सप्तरीको बाढीबाट प्रभावित</span> <span class='c2'>क्षेत्रमा स्वास्थ्य शिविर</span>

राजविराज । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् ।

शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एकदर्जन चिकित्सकले बिरामीको अवस्था जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरेको आयोजक संघले जनाएको छ ।

स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका राजनीतिक सल्लाहकार विश्वप्रकाश शर्मामार्फत ६ लाख बराबरको औषधि समेत उपलब्ध गराइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्