खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

चरिकोट । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो ।

तत्कालिन नेकपा (माओवादी)मा लागेर द्वन्द्वका समयमा आफ्ना बाबुको हत्या गरेको भन्दै प्रमेशले नरबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ । नरबहादुरको हत्यापछि प्रमेश १० वर्षसम्म फरार रहेका थिए । उनलाई काठमाडौँ महानगरपालिका–२७ बाट मङ्गलबार पक्राउ गरी रामेछाप ल्याइएको हो ।

उनलाई हत्या अभियोगमा कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रनाउ ढुङ्गेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्