लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला इटहरीमा पक्राउ

लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला इटहरीमा पक्राउ

ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।
दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
पन्ध्र दिनकोलागी नेपाल घुम्न आएकी खालिदले बेलुका सुत्ने बेलामा चिया पिउन भनि चियामा लठ्याउने औषधी प्रयोग गरी रातको समयमा चोरी गरी फरार भएकी थिईन्।
पक्राउ परेकी खालिदको साथबाट चोरी भएको मोबाइल ३ थान, १ तोला सुन, चाँदी २० तोला , नगद ७ हजार ५ सय रुपैँया फेलापारी बरामद गरेको छ।
घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ईटहरी र सिआरभी बसपार्कबाट खटिएको टोलीले खालिदलाई ईटहरी ६ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरेको हो।
पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्